id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Friday, July 23, 2010

इराकमा करिब ३० हजार नेपालीको जागिर धरापमा


७ साउन । इराकमा कार्यरत करिब ३० हजार नेपाली र फिलिपिनीलाई १८ दिनभित्र कामबाट हटाउन अमेरिकी केन्द्रीय कमान्डले सबै कम्पनीलाई आदेश दिएको छ। यो आदेशले इराकमा कार्यरत सबै नेपाली र फिलिपिनी कामदारहरु निकालिने भएका छन ।

कमान्डले भदौ २ भित्र आफ्ना कामदार अमेरिका, अन्तर्राष्ट्रिय, स्थानीय र सम्बन्धित देशको कानुनअनुसार छ वा छैन भन्ने सुनिश्चित गर्न लागेको हो । कानुनअनुरुप नभएका कामदारलाई काम लगाउने कम्पनीलाई तत्काल कडा कारबाही गर्ने केन्द्रीय कमान्डले जनाएको छ। नेपाली तथा फिलिपिनी सरकारले आफ्नो नागरिकलाई इराक भ्रमणमा प्रतिबन्ध लगाएका र उक्त देशका सबै कामदारहरु को उपस्थिती दुवै देशको



कानुन बिपरित हुने पनि जनाइएको छ। यो निर्णय उल्लंघन गर्ने कम्पनीलाई कडा दण्ड गर्ने र बिदेशी कम्पनीका हकमा भुक्तानी रोक्ने र कालो सूचीमा राखिने जनाइएको छ। स्वदेश फर्कन चाहनेलाई बहिर्गमन भिसा उपलब्ध हुने इराकस्थित अमेरिकी दूतावासले जनाएको छ।

वैदेशिक रोगजारीकोलागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्नाले गरेको अपहरण र हत्यापछि सरकारले नेपालीलाई इराक जान प्रतिबन्ध लगाएको भएपनी त्यहाँका विभिन्न कम्पनीका ३० हजार भन्दा बढी नेपाली रोजगारीमा रहेको अनुमान छ। अमेरिकि यो निर्णयले ३० हजार नेपालीको साथै नेपालकै अर्थतन्त्रमानै अशर पर्ने पक्का छ ।


>

Comments :

0 comments to “इराकमा करिब ३० हजार नेपालीको जागिर धरापमा”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!