
७ साउन, काठमाडौं । दङ्गा नियन्त्रण प्रहरी गण नेपालगञ्जमा भएको विद्रोहमा संलग्न ४९ जना प्रहरीमध्ये १३ जनालाई विशेष प्रहरी अदालत सुर्खेतले सातवर्ष कैद सजाय सुनाएको छ ।
क्षेत्रीय प्रहरी विशेष अदालत सुर्खेतका प्रमुख सहन्यायाधिवक्ता प्रेमकुमार गिरी, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानिया र मध्यपश्चिमका प्रहरीनायब महानिरीक्षक दिनकरशंशेर राणाको संयुक्त इजलासले विद्रोही प्रहरीका नाइके धनबहादुर
विकसहित १३ जनालाई सातवर्ष कैद गर्ने फैसला गरेको हो । साथै अदालत विद्रोहमा संलग्न प्रहरीनायब १४ जनालाई २ वर्षको तलब बराबरको जरिवाना र २२ जनालाई एकवर्ष बराबरको तलब जरिवाना गरेको छ ।
सातवर्ष कैद सजाय पाउनेहरूमा प्रहरी हबल्दार खुसीराम चौधरी, डम्बरबहादुर चौधरी, खड्कबहादुर बुढाथोकी, मोतीबहादुर जिसी, टेकबहादुर ऐर र खड्कबहादुर खड्का रहेका छन् ।
२०६५ असार २८ गते दङ्गा प्रहरी गणमा सशस्त्र विद्रोह गरेको अभियोगमा प्रहरीले ४५ जना प्रहरीलाई हिरासतमा राखी प्रहरी विशेष अदालत नेपालगञ्जमा मुद्दा चलाएको थियो ।
Friday, July 23, 2010
Browse » Home » » विद्रोहमा संलग्न १३ प्रहरीलाई सातवर्ष कैद
विद्रोहमा संलग्न १३ प्रहरीलाई सातवर्ष कैद
Subscribe to:
Post Comments (Atom)






Comments :
0 comments to “विद्रोहमा संलग्न १३ प्रहरीलाई सातवर्ष कैद”
Post a Comment