
नेपाली चलचित्रको नाम राख्न धेरैलाई गार्हो हुन्छ । कथासँग मेल खाने नाम नपाएर लेखक, निर्माता तथा निर्देशकहरू चिन्तित बन्ने गरेको पाईन्छ ।
तर नपत्याउदो तरिकाले आठ बर्षकी बालिकाले नेपाली चलचित्रको नामाकरण गरेकी छिन् ।
निर्माता रमेशजंग रायमाझीले निर्माण गर्न लागेको चलचित्र 'मलाई मन पर्यो' को नाम उनकै आठ बर्षीया छोरी साल्भिका रायमाझीले राखेकी हुन् । थुप्रै चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेका भद्र भुजेलले पहिलो पटक निर्देशन गर्न लागेको यस चलचित्रको कथा बिकाश आचार्यले लेखेका हुन् ।
हिमालयन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'मलाई मन पर्यो' मा जीवन लुईटेल, राजबल्लभ कोईराला, निरूता सिंह, मिथिला शर्मा, सुष्मा कार्कीलगायतका कलाकारको अभिनय रहने छ । शम्भुजित बाँस्कोटाको संगीत रहने सो चलचित्र प्रेमकथामा आधारित छ ।
असारको २५ गतेबाट छायाँकन गर्ने तयारी गरिएको चलचित्र सुपर १६ क्यामराबाट खिचिने भएको छ । इलाम, हिले, पोखरा, जिरी र काठमाण्डौमा चलचित्रको छायाँकन गरिने निर्माता रायमाझीले फिल्मीखबर डटकमलाई जानकारी गराए । रायमाझीले निर्माण गर्न लागेको यो दोस्रो चलचित्र हो । उनले निर्माण गरेको पहिलो चलचित्र 'नाइ नभन्नु ल' प्रदर्शनको तयारीमा रहेको छ ।
Sunday, June 6, 2010
Browse » Home » » आठ बर्षीया बालिकाद्वारा चलचित्रको नामाकरण
आठ बर्षीया बालिकाद्वारा चलचित्रको नामाकरण
Subscribe to:
Post Comments (Atom)






Comments :
0 comments to “आठ बर्षीया बालिकाद्वारा चलचित्रको नामाकरण”
Post a Comment