
गुरुङ तथा अन्य भाषामा बन्ने चलचित्रको बजार शहरमा मात्रै नभई गाउँमा समेत पुर्याउनुपर्ने खाँचो औंल्याइएको छ। पोखरा र आसपासमा छायांकन गरिने गुरुङ चलचित्र शहरमा मात्रै केन्द्रित भएको भन्दै निर्माण पक्षले गाउं‘मा समेत चलचित्रको पहुँच पुर्याउनुपर्नेमा जोड दिएका हुन्।
पोखरामा बर्सेनी गुरुङ भाषाका चलचित्र निर्माण हुँदै आएको छ। निर्माण गरिएका चलचित्रको छायांकनसमेत यहीँको ग्रामीण भेगमा गरिने गरिएको छ। कथावस्तुसमेत गाउँले परिवेशलाई समेटेर बनाइन्छ। तर प्रदर्शन केवल शहरमा मात्रै गरिने प्रचलनले गाउँमा र्सवसाधारण आफ्नै घरगाउँमा खिचिएका चलचित्र हेर्नबाट वञ्चित हुने गरेको गुरुङ फिल्म एसोसियसनका अध्यक्ष माओत्से गुरुङले बताए।
‘शहरमा मात्रै नभई गुरुङ चलचित्रको पहुँच ग्रामीण भेगमा समेत पुर्याउनुपर्छ।’ उनले पोखरामा आयोजित गुरुङ चलचित्र बजार व्यवस्थापन कार्यशाला गोष्ठीमा भने- ‘चलचित्रको पहुँच सबै क्षेत्रमा पुग्न सकेमात्रै विकास र बिस्तारसँगै प्रवर्द्धन समेत हुनेछ।’ ग्रामीण परिवेशलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिने चलचित्रहरू शहरमा केन्द्रित गरी च्यारिटी सो गर्ने परम्परा अब हटाउनुपर्नेमा उनको जोड थियो।
अध्यक्ष गुरुङले अधिकांश गुरुङ चलचित्रको च्यारिटी सो शहरमा मात्रै नभई विदेशमा समेत गरिने बताउँदै गाउँका कथा-व्यथाका चलचित्रले गाउँलाई नै उपेक्षा गर्ने प्रवृत्ति चलचित्रकर्मीले त्याग्नुपर्ने चर्चा गरे। पोखरामा अहिलेसम्म ७१ भन्दा बढी गुरुङ चलचित्र निर्माण भइसकेका छन्। एउटा गुरुङ चलचित्र निमार्ण गर्न करिब ३ देखि १० लाखसम्म खर्चने गरिएको छ। गुरुङ चलचित्रमा हालसम्म तीन करोड ५० लाखभन्दा बढी बजेट लगानी भइसकेको छ।
चलचित्र विकास बोर्डको सहयोगमा आयोजित कार्यक्रममा एसोसियसनका महासचिव प्रितम गुरुङ, पत्रकार शिव शर्मा, गुरुङ सञ्चारकर्मी हुम गुरुङ लगायतले गाउँघरमा घुम्ती चलचित्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। २०५२ सालमा गुरुङ चलचित्र पाते निर्माणपछि भाषिक चलचित्रको निर्माण कार्यले प्राथमिकता पाएको थियो। स्रोत:- समाचारपत्र
Monday, June 7, 2010
Browse » Home » » चलचित्रलाई गाउँ केन्द्रित गर्नुपर्ने माग
चलचित्रलाई गाउँ केन्द्रित गर्नुपर्ने माग
Subscribe to:
Post Comments (Atom)






Comments :
0 comments to “चलचित्रलाई गाउँ केन्द्रित गर्नुपर्ने माग”
Post a Comment