id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Friday, June 4, 2010

लुक्लामा भुवन भेटिए


सोमबार काठमाडौं आइपुगेपछि उनले नागरिकसँग भने, 'नेपाल र विदेशका धेरै ठाउँको भ्रमण गरेपछि मलाई लागेको थियो खासै घुम्न बाँकी ठाउँ छैन। तर, नाम्चेदेखि लुक्लासम्म पैदल यात्रा गरेपछि लाग्यो म नेपालसँग राम्ररी परिचित रहेनछु।'

सो क्षेत्रलाई 'स्वर्ग'को रूपमा बयान गर्ने भुवनलाई लाग्यो काठमाडौं त प्रदुषणले 'नर्क' नै भइसकेको रहेछ। 'विश्वभरका मानिसहरू हजारौं डलर खर्च गरेर नेपाल आउँछन्। हामी भने विदेशिन मरिहत्ते गरिरहेका छौं,' गरिब देशमा जन्मिएकोमा आफूलाई धिकार्नुभन्दा स्वर्गजस्तो देशमा जन्मिएकोमा गर्व गर्नुपर्ने उनी सुझाव दिन्छन्।

'त्यहाँका मानिसको सभ्यता र वातावरणप्रतिको सचेतता देखेर छक्क परेँ,' भुवनले भने, 'काठमाडौंलाई नर्कमा परिणत गर्ने त नेताहरू नै हुन्। सधैं सत्तामोहमा अल्भि्कने नेताहरूले यो प्रकृतिको वरदान कहिल्यै चिन्ने प्रयास गरेनन्।'



पहिलोपटक लुक्ला पुगेका भुवनले यो भ्रमणलाई अहिलेसम्मकै रोमाञ्चक बताए।

नेपाली फिल्ममा यस्ता दृश्य प्रस्तुत गर्न नसकेकोमा उनलाई पछुतो छ। 'धरै खर्च लाग्ने भएकोले फिल्म सुटिङ गर्न सकेका छैनौं। तर, म आगामी फिल्ममा प्रयास गर्नेछु,' उनले भने। 'नेपालमा केही छैन' भन्दै विदेशिनेसँग पनि उनले दुखेसो पोखे। 'पहिला आफ्नो देश चिन्ने प्रयास गरौं। यहीं बसेर धेरै गर्न सकिने सम्भावना छ,' नेपालको विकासमा उनले देखेको एउटै बाधक तत्व हो अस्थिर राजनीति।

'शान्तिमात्र भए पनि यो देश त्यसै विकास हुन्थ्यो,' उनी फेरि नेताकै विरुद्ध पोखिए, 'उनीहरूले यो देश सपार्छन् भन्नेमा त कुनै विश्वास छैन। नबिगारिदिए मात्र पनि धेरै राम्रो हुन्थ्यो।' यो भ्रमणबाट उनले बुझेको पाठ हो पर्यटनबाटै नेपालको विकास सम्भव छ।

>

Comments :

0 comments to “लुक्लामा भुवन भेटिए”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!