
द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको प्रस्तुती रहेको एक्सन प्रधान नेपाली चलचित्र रणसंग्राम शुक्रबारदेखि देशका विभिन्न ५२ वटा हलहका साथ दमौलीको उत्तरशिला चलचित्र मन्दिरमा प्रर्दशन भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको रणसंग्राम एक साथ देशका विभिन्न ५२ वटा हलहरुबाट प्रर्दशन हुने भएको छ ।
सेभेन ब्रदर्शको निर्माणमा ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यस चलचित्र धेरै अघि नै निर्माण सम्पन्न भएपनि प्रदर्शनको पालो नपाउँदा थन्किएर बसेको थियो । चलचित्रमा शिव श्रेष्ठ, रेखा थापा, सुमन सिंह, उषा पौडेल, अमृत लामा, तृप्ती नाड्कर, सम्झना खड्का लगायतको अभिनय रहेको छ । चलचित्रमा साजय श्रेष्ठको संगीत, राजेन्द्र खड्कीको द्वन्द्व, वसन्त श्रेष्ठको नृत्य रहेको छ । सात वर्षघि 'मामाघर'बाट फिल्म निर्माणमा हात हालेका द्वन्दनिर्देशक खड्गीले निर्माण गरेको यो चलचित्र थ्रिलर र सस्पेन्स कथामा आधारित छ । चलचित्रमा सुरज सुब्बा 'नाल्बो', विकास आचार्य र ज्ञानेन्द्र देउजाको संयुक्त कथा रहेको छ ।
Friday, June 4, 2010
Browse » Home » » दमौलीमा रणसंग्राम
दमौलीमा रणसंग्राम
Subscribe to:
Post Comments (Atom)






Comments :
0 comments to “दमौलीमा रणसंग्राम”
Post a Comment