id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Sunday, June 20, 2010

आदिवासी चलचित्र महोत्सव हुँदै


इन्डिजिनियस फिल्म अर्काइभ (आइफ)ले आगामी असार ११ देखि १३ सम्म राजधानीमा चौथो 'नेपाल आदिवासी चलचित्र महोत्सव' गर्ने घोषणा गरेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको सभाहलमा हुन लागेको महोत्सवमा नेपालका १३ र बिदेशका १९ आदिवासी चलचित्रले सहभागिता जनाउने आज राजधानिमा आयोजित पत्रकार सम्मेलनमा जनाकारी गराईयो । आइफाका अनुसार नेपालीतर्फ मगर, तामाङ, नेवार, गुरुङ, र्राई, लिम्बू, सुनुवार, धिमाल र ब्यासी समुदायका फिल्मले भाग लिने भएका छन् ।



बिदेशबाट भारत, भुटान, अमेरिका, स्विडेन, क्यानाडा, नर्वे, अर्जेन्टिना, मेक्सिको, जर्मनी, अस्टे्रलिया, र क्याम्बोडियाका चलचित्रले सहभागिता जनाउने छन् ।

महोत्सवमा कथानक चलचित्र, डकुमेन्ट्री, छोटो चलचित्र र म्युजिक समावेश छन् । महोत्सवका निर्णायक मण्डलले गोल्डेन ड्रम, ब्रोन्ज ड्रम र सिल्भर ड्रम पुरस्कार छनोट गर्नेछ । त्यसैगरी यसमा 'दर्शक छनोट' पुरस्कारको पनि व्यबस्था गरिएको आयोजकले जनाएको छ ।

>

Comments :

0 comments to “आदिवासी चलचित्र महोत्सव हुँदै”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!