id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Friday, June 18, 2010

कलाकारलाई बिश्वकपको नशा


आफैंले निर्माण गर्न लागेको फिल्मको स्क्रिप्ट सेटिङमा बसेकी अभिनेत्री रेजिना उप्रेतीलाई बिहान उठ्न निकै अल्छी लाग्छ । 'धन्न अहिले सुटिङ छैन, सुटिङ भएको भए साह्रै गाह्रो हुने रैछ' रेजिनाले भनिन् । उत्तर कोरिया र ब्राजिलको गेम हेरेर 'इन्जोई' गरेकी रेजिना शनिबारदेखि कुनै पनि गेम नछुर्टाई हेर्ने विचारमा छिन् ।


नछुर्टाई गेम हेर्ने योजनालाई विद्युत् प्राधिकरणको लोडसेडिङ तालिकाले असर पारेको अनुभव गरेका छन्, निर्देशक सोभित बस्नेतले । उनी आग्रह गर्दै भन्छन्, 'कम्तीमा पनि विश्वकप फुटबल चलुन्जेल बत्तीको व्यवस्था भइदिए राम्रो हुने थियो । प्रत्येक दिनजसो राति २ बजेसम्म फुटबल हेर्ने गरेका निर्देशक बस्नेत बिहान ७ नबज्दै स्टुडियो पुग्ने गरेका छन् ।




'राज, कन्यादान र चिनोको प्राविधिक काम भइरहेकाले न्रि्रा मारेरै काम गर्नुपरेको छ,' उनले भने ।


न्रि्रा मारेरै काम गर्दै आएकी अर्की नायिका हुन्, रेखा थापा । उत्तर र दक्षिण कोरियाको गेम ध्यान दिएर हेरेकी रेखाको सेमिफाइनलपछि भने सबै खेल हेर्ने योजनामा छिन् । भन्छिन्, 'सुटिङ त जहिले गर्न पनि मिल्छ, फुटबल त चार वर्ष नभई हेर्न मिल्दैन ।' चार वर्षा आउने फुटबल मेला हेरेर अभिनेत्री झरना बज्राचार्यले पनि रमाइलो अनुभव गरिरहेकी छन् । प्रायः सुटिङ दिउँसो हुने भएकाले फुटबलका लागि समय मिलाउन गाह्रो नभएको बताइन्, झरनाले । त्यस्तै सजिलो अनुभव गरेकी छन्, नन्दिता केसीले ।

सुरुमा फुटबलप्रति चासो नभए पनि यसपालि फुटबल हेर्न महत्त्व दिएको बताउने नन्दिता भन्छिन्, 'साथीहरूले भनेपछि मलाई पनि हेरौं-हेरौं लाग्यो ।' राति अबेरसम्म फुटबल हेरेर बिहानै सुटिङमा जानुपर्दा अप्ठयारो अनुभव गरेकी नन्दिताले अहिलेसम्म सेडयुल मिलिरहेको बताइन् । चलचित्रमा फुटबलका कथाले स्थान नपाए पनि फुटबलप्रति चलचित्रकर्मीको आकर्षा भने नजानिँदो पाराले बढिरहेको छ । साथै, नेपालको फुटबल कमजोर रहेको विषयमा समीक्षा हुन थालेको छ, चलचित्रकर्मीका तर्फाट । स्रोत:- राजधानी

>

Comments :

0 comments to “कलाकारलाई बिश्वकपको नशा”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!