
सोमबार मध्याह्नको काठमाडौं। मौसम विज्ञान विभागका अनुसार यहाँको तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस। पूर्वी तराईको उखरमाउलो गर्मी झेलेर आइतबार मात्र राजधानी आइपुगेका गायक राजेशपायल राई नोर्लिङ रिसोर्टको स्विमिङ पुलमा भेटिए। तर, उनी जेठको गर्मी छल्न त्यहाँ पुगेका थिएनन्।
'गर्मी त यहाँ पनि चर्कै छ। तर, फिल्मका लागि पौडी प्राक्टिस गर्दैछु,' सुटिङ शुरु हुनु अगाडि उनी पौडीमा मस्त रहे। एकैछिनमा नेपाली फिल्मको रोजाईको स्पट नोर्लिङमा सुटिङको चहल पहल बढ्यो। अब उनले आफ्नो मर्जीमा पौडन पाएनन्। निर्देशकको इशारामा डबुल्की मार्दै र उत्रदैं केही समय विताए उनले।आफ्नो गीतको भिडियोमा त अभिनय गर्दै आएका हुन् उनले। तर, अचेल उनको अभिनय फिल्ममा समेत देखिन थालेको छ। उनी अहिले 'जी माला' नामक फिल्ममा अभिनय गर्देछन्। 'यहाँ मेरो इन्ट्रडक्सन सिनको तयारी हुँदैछ,' फिल्ममा 'काजिमान' बनेका राईले दृश्यबारे भने,'हिरोलाई मार्ने को?
भनेर सोध्दा 'म काजिमान' भन्दै स्विमिङ पुलबाट बाहिर निस्कन्छु।' यो फिल्ममा आफू नेगेटिभ रोलमा देखापरेको उनले खुलाए। मुस्ताङ र पोखरापछि 'जी माला' को काठमाडौंमा अन्तिम चरणको सुटिङ भइरहेको छ। जिमाला भोटे जातीले लगाउने गहना हो। यसको तस्करीका विषयमा फिल्म केन्द्रित रहेको राईले जानकारी दिए।
अभिनय मोहमा समेत परेका राजेशपायलले यसअघि पनि केही फिल्ममा अभिनय गरेका छन्। उदय सुव्वाको फिल्म 'गुण्डाराज' र प्रदिप श्रेष्ठको 'कवच' उनले अभिनय गरेका फिल्म हुन्। गायनमा गतिलो स्थान नहुँदै 'परेनी माया जालैमा' र 'दैव संजोग' नामक फिल्ममा समेत उनले सानोतिनो भुमिकामा अभिनय गरेका थिए। 'गायन र अभिनयलाई सँगै अघि बढाउने चाहना छ। गाउनकालागि धेरैले अफर गरेपनि अभिनयमा त्यस्तो हुन सकेको छैन,' अभिनयले विस्तारै गति लिएको उनले बताए।
फिल्मको पार्श्व गायनमा चलेका राईलाई लाग्छ 'गायनमा जस्तो व्यवसायिकता अभिनयमा छैन।' राम गुरुङको निर्देशन रहेको यो फिल्ममा मनोजर आरसी, रोशनी कार्की, रश्मी भट्ट, निर्भिक राईलगायतका कलाकारको अभिनय छ। स्रोत:- नागरिक
Tuesday, June 8, 2010
Browse » Home » » 'जी माला' मा राजेशपायल भिलेन
'जी माला' मा राजेशपायल भिलेन
Subscribe to:
Post Comments (Atom)






Comments :
0 comments to “'जी माला' मा राजेशपायल भिलेन”
Post a Comment