id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Friday, June 4, 2010

निखिलसँगको बिबाह स्विकारिन् सञ्चिताले


नायिका सञ्चिता लुईंटेलले नायक निखिल उप्रेतीसँग बिहे भएको स्वीकार गरेकी छिन् । बुधबार कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको फिल्मी कार्यक्रम 'रजतपट' मार्फत उनले बिबाह भएको कुरा स्वीकार गरेकी हुन् ।

दुई बर्ष अगाडी निखिलको परिवारको सहमतीमा उनकै घरमा बिहे भएको सञ्चिताले बताईन् । आफूहरू बिचको सम्बन्धलाई सञ्चार माध्यममा ल्याउन निखिलले नदिएको बताउदै सञ्चिताले भनिन्, 'बिबाह पछि निखिल जी होटल र दिदीको घरमा बस्दै आउनु भएको थियो र बिबाह पछिको एउटा दशैं मैले उहाँकै घरमा मनाएकी थिएं ।' निखिलले बिबाह पूर्व आँफूसंग केहि नभएको बताउँदा बताउँदै पनि आफू बिबाहको लागी राजी भएको सञ्चिताले बताईन् ।




निखिलकी पहिलाकी श्रीमती कोपिला उप्रेतीले भने सञ्चिताको कुरालाई नकारेकी छिन् । मंगलसूत्र र सिन्दुर लगाउँदैमा कोही कसैको श्रीमती हुन सक्दैन भन्दै कोपिलाले आफ्नो आठ बर्ष देखिको प्रेममा धोका नहुने बताईन् । दुई वर्षदेखि निखिल घरमा नभएको कुराको खण्डन गर्दै कोपिलाले भनिन्, ' दुई बर्ष देखि निखिल घरमा नभएको छोरो कहाँबाट आयो त ?'Finished.

>

Comments :

0 comments to “निखिलसँगको बिबाह स्विकारिन् सञ्चिताले”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!