
नायिका सञ्चिता लुईंटेलले नायक निखिल उप्रेतीसँग बिहे भएको स्वीकार गरेकी छिन् । बुधबार कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको फिल्मी कार्यक्रम 'रजतपट' मार्फत उनले बिबाह भएको कुरा स्वीकार गरेकी हुन् ।
दुई बर्ष अगाडी निखिलको परिवारको सहमतीमा उनकै घरमा बिहे भएको सञ्चिताले बताईन् । आफूहरू बिचको सम्बन्धलाई सञ्चार माध्यममा ल्याउन निखिलले नदिएको बताउदै सञ्चिताले भनिन्, 'बिबाह पछि निखिल जी होटल र दिदीको घरमा बस्दै आउनु भएको थियो र बिबाह पछिको एउटा दशैं मैले उहाँकै घरमा मनाएकी थिएं ।' निखिलले बिबाह पूर्व आँफूसंग केहि नभएको बताउँदा बताउँदै पनि आफू बिबाहको लागी राजी भएको सञ्चिताले बताईन् ।
निखिलकी पहिलाकी श्रीमती कोपिला उप्रेतीले भने सञ्चिताको कुरालाई नकारेकी छिन् । मंगलसूत्र र सिन्दुर लगाउँदैमा कोही कसैको श्रीमती हुन सक्दैन भन्दै कोपिलाले आफ्नो आठ बर्ष देखिको प्रेममा धोका नहुने बताईन् । दुई वर्षदेखि निखिल घरमा नभएको कुराको खण्डन गर्दै कोपिलाले भनिन्, ' दुई बर्ष देखि निखिल घरमा नभएको छोरो कहाँबाट आयो त ?'Finished.
Friday, June 4, 2010
Browse » Home » » निखिलसँगको बिबाह स्विकारिन् सञ्चिताले
निखिलसँगको बिबाह स्विकारिन् सञ्चिताले
Subscribe to:
Post Comments (Atom)





Comments :
0 comments to “निखिलसँगको बिबाह स्विकारिन् सञ्चिताले”
Post a Comment