
Friday, August 20, 2010
हृयाप्पी बर्थडे अरूणिमा
नायिका अरूणिमा लम्साल आज देखी २९ बर्षकी भएकी छिन् । २०३८ साल भदौ ४ गते बिराटनगरको कोशी अञ्चल अस्पतालमा जन्मिएकी नायिका लम्साल आफ्नो जन्म दिन मनाउन आज काठमाण्डौ र्फकदै छिन् ।
चलचित्र 'बजार' को सुटिङको लागि ९ दिन अघि जोमसोम पुगेकी नायिका लम्साल शुक्रबार बिहान १० बजेको समयमा पोखरामा थिइन् । टेलिफोनबाट जानकारी दिदै लम्सालले भनिन् "अबको केही समयपछी काठमाण्डौ आउँदै छौ ।"
बर्थडेको मनाउने त्यस्तो कुनै तयारीमा नरहेको भन्दै लम्सालले काठमाण्डौ आईपुगेपछी भने सायद सेलिब्रेट गर्न सकिने सम्भावना रहेको बताईन् ।
बर्थडेको लागि त्यस्तो केही नसोचिएको भन्दै उनले 'पहिला काठमाण्डौ पुगौ अनि त्यसपछी सेलिब्रेट गर्न कति बेर लाग्छ र' भन्दै जवाफ दिइन् ।
यदि तपाई नायिका अरूणिमा लम्साललाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना दिन सक्नु हुन्छ । नायिका अरूणिमा लम्साललाई http://thenepaltucson.blogspot.comको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना
>

Monday, August 16, 2010
फरिया र चोलीमा रेजिनाको द्वन्द
फरिया र चोली लगाएर नायिकाले फाईट गरेको सायद सुन्नु या देख्नु भएको छैन होला । मंगलबारबाट छायाँकन शुरू गर्न लागिएको चलचित्र 'चम्पा चमेली' मा यहि पहिरनका साथ नायिका रेजिना उप्रेतीले द्वन्द गर्ने भएकी छिन् ।
राजुध्वज राणाले निर्देशन गर्न लागेको सो चलचित्रको भोली मंगलबारबाट त्रिशुली वरपरका स्थानहरूमा छायाँकन हुँदैछ । नारायण मैनालीले निर्माण गर्न लागेको चलचित्रमा रेजिनाको साथमा राजेश हमाल, शोभिता सिंखडा लगायतका कलाकारहरूले अभिनय गर्ने भएका छन् । दिदी बहिनीको कथामा आधारित रहेर निर्माण गर्न लागिएको उक्त चलचित्रमा हरी लम्सालको संगीत रहने छ ।
फरिया र चोली लगाएर नायिकाले फाईट गरेको सायद सुन्नु या देख्नु भएको छैन होला । मंगलबारबाट छायाँकन शुरू गर्न लागिएको चलचित्र 'चम्पा चमेली' मा यहि पहिरनका साथ नायिका रेजिना उप्रेतीले द्वन्द गर्ने भएकी छिन् ।
राजुध्वज राणाले निर्देशन गर्न लागेको सो चलचित्रको भोली मंगलबारबाट त्रिशुली वरपरका स्थानहरूमा छायाँकन हुँदैछ । नारायण मैनालीले निर्माण गर्न लागेको चलचित्रमा रेजिनाको साथमा राजेश हमाल, शोभिता सिंखडा लगायतका कलाकारहरूले अभिनय गर्ने भएका छन् ।
चलचित्रमा नायिका रेजिनाले 'चम्पा' को भुमिका निर्वाह गर्दैछिन् भने चमेलीको भुमिकामा नयाँ नायिका देखा पर्दैछिन् । यता नायक राजेश भने अन्याय अत्याचारको बिरूद्वमा आवाज उठाउने युवकको भुमिकामा देखा पर्दैछन् । प्राय चलचित्रमा आधुनिक पहिरनमा देखिएकी नायिका सोभिता पहिलो पटक घाँघर लगाएर अभिनय लागेकोले आफ्नो लागि यो नयाँ अनुभव रहने बताईन् । उनले भनिन्, ' म घाँघरमा कस्ती देखिन्छु भनेर आँफैलाई हेर्न मन लागेको छ ।'
चलचित्रको कथा पूर्ण रूपमा गाउँले परिबेशमा केन्द्रित छ ।
>

Tuesday, August 10, 2010
आलोक सिडी चढाउन मुक्तिनाथ प्रस्थान

आफ्नो भाकल पूरा गर्न निर्देशक आलोक नेम्वाङले मुक्तिनाथ बाबालाई सिडी चढाउदैछन् । समुद्र सतहबाट ३,७१० मिटरको उचाईमा मुस्ताङको रानीपौवा नजिकै रहेको मुक्तिनाथ बाबाको मन्दिरमा चलचित्र कोही मेरोको गिती एल्बमको सिडी उनले भाकल गरे अनुरूप आज मंगलबार चढाउदैछन् । एक सहकर्मीकासाथ काठमाण्डौबाट जोमसोम हुदै मुक्तिनाथ प्रस्थान गर्नु अघि उनले सो जानकारी दिएका हुन ।
छोटो समयमा नेपाली निर्देशकहरूको भिडमा छुट्टै पहिचान बनाउन सफल भएका यि धार्मिक निर्देशकद्धारा निर्देशित दोस्रो चलचित्र
कोही मेरो' को छायाकंन पनि सोही क्षेत्रमा भएको भन्दै उनले 'कोही मेरोको प्रदर्शन अगाडी एक चोटी त्यहाँ दर्शन गर्न आउने बाचा' गरेका थिए । जस अनुरूप आगामी भदौको पहिलो साता चलचित्र प्रदर्शनमा आउने भएपछी उनी आफ्नो त्यो वाचा पूरा गर्न त्यसतर्फ हानिएका हुन ।

Sunday, August 8, 2010
अष्ट्रेलियामा एकैसाथ तीन नेपाली चलचित्र

काठमाडौ, श्रावण २३ - अष्ट्रेलियाका सिनेमाघरहरुमा एकैसाथ तीनवटा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । ग्रेटर युनियन सिनेमा हल अन्तर्गत पर्थ मेलवर्न र क्यानबेराबाट एकैसाथ नेपाली चलचित्र प्रदर्शन गरिन लागिएको ग्रेटर युनियनले जनाएको छ ।
१२ अगष्ट बिहिबारबाट प्रदर्शन हुने ती नेपाली चलचित्रमा बिकास आचार्यद्धारा निर्देशित नाइ नभन्नु ल पर्थबाट, निरक पौडेलद्धारा निर्देशित कुशुमे रुमाल मेलवर्नबाट र संजय श्रीनिवासद्धारा निर्देशित गड लिभ्स इन दि हिमालयज क्यानबेराबाट प्रदर्शन हुने भएको छ ।
अष्ट्रेलियाका बिभिन्न शहरहरुमा रहेका ग्रेटर युनियन सिनेमा अन्तर्गतका हलहरुमा उक्त तीन चलचित्र दैनिक चार शोमा केही सातासम्म प्रदर्शन हुने भएको हो । अगष्ट १२ तारिख बिहिबारबाट दैनिक रुपमा प्रदर्शन हुने नाइ नभन्नु ल पर्थमा दुइ सातासम्म चल्ने छ । त्यस्तै सोही दिनबाट मेलवर्नमा कुशुमे रुमाल र क्यानबेरामा गड लिभ्स इन दि हिमालयज प्रदर्शन हुनेछन् ।
यी तीन नेपाली चलचित्रलाई सोलाङ्चर नामक व्यवसायीक कम्पनीले अष्ट्रेलियामा प्रदर्शनका लागि ल्याएको हो । नेपाली सिनेमालाई बिदेशी बजारमा व्यवसायीक विस्तार गर्ने उदेश्यले यस कार्यको थालनी गरेको कम्पनीका डाइरेक्टर रन्जन बैद्यले बताए । उनले भने, 'विदेशमा बस्ने नेपालीहरुका निम्ति मनोरन्जन पनि हुने र नेपाली फिल्मले बिदेशी बजारमा स्थान पनि लिनसक्ने देखेर यस कामको शुरुवात गरेका हौं ।' सोलाङ्चरले नेपाली दर्शकहरुले रुचाएमा महिनाको एक नेपाली सिनेमा देखाउने लक्ष्य बोकेको छ ।
अष्ट्रेलियाका प्रमुख शहर मेलवर्न, सिड्नि, ब्रिसबेन, क्यानबेरा, एडिलेड तथा पर्थमा नेपालीहरुको बसोबास बढी पाइन्छ । यीनै शहरहरुमा नेपाली फिल्म पालैपालो एक देखी तीन सातासम्म चलाउने सोलाङ्चरले जनाइएको छ । अष्ट्रेलियामा ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ ।


Saturday, August 7, 2010
रातभरि थुनिए राजबहादुर
काठमाडौ, श्रावण २२ - पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंहलाई काठमाडौं प्रहरीले शुक्रबार रातभर हिरासतमा राखी रिहा गरेको छ । सिंह ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाका श्रीमान् हुन् ।
दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रहेको प्लेटिनियम डिस्कोबाट मध्यराति एक बजे सिंहलाई प्रहरीले पक्राउ गरी शनिबार बिहान ८ बजे छाडेको हो । हनुमानढोकाबाट चेकिङमा निस्किएको प्रहरी निरीक्षक हरिबहादुर बडुवालको नेतत्वको टोलीले मादक पदार्थ सेवन गरी होहल्ला गरको अभियोगमा सिंहलाई पक्राउ गरेको हो । डिस्कोभित्र सिंहसंगै नाचगान र मादक पदार्थ सेवन गरिरहेका ६ युवती र १४ युवक पनि पक्राउ परेका थिए । प्रहरीले हिरासतमा राख्नुअघि सिंह र उनीस“गै पक्राउ गरेका सबैलाई मादक पदार्थ सेवन गरेको यकिन गर्न अस्पतालमा लगी चिकित्सकीय परीक्षणसमेत गरेको थियो ।
प्रहरीले काठमाडौंभित्र सामान्य रेस्टुरेन्टहरू ९ बजे,
डान्स र डिस्कोहरू १२ बजेभित्र बन्द गरिसक्नुपर्ने गरी समय तोकेको छ । पटक-पटक सम्झाउँदा पनि तोकिएको समयमा डिस्को बन्द नगरेपछि हनुमानढोका, नगर प्रहरी र दरबारमार्गको तीनवटा भ्यान एकसाथ लगेर पचासौं प्रहरीले डिस्को सञ्चालकसहित सबैलाई पक्राउ गरेका थिए ।
काठमाडांै परिसरस्थित एक प्रहरी निरीक्षकका अनुसार सिंहसहित पक्राउ परेकाहरूमा इन्द्रध्वज कार्की, अमिर महर्जन, वासुदेव भट्ट, सन्तोष रायमाझी, महोम्मद नमजित, विजय श्रेष्ठ, गौतम सिंह, मनोहर कोइराला, रत्न लामा, सञ्जय रायमाझी, र्सर्ूय गुरुङ र जयबहादुर गुरुङ छन् । त्यस्तै, लीला लामा, छेला लामा, लेनिना दंगाल, खुमबहादुर गुरुङ र सुस्मिता ढकाल पनि पक्राउ परेका थिए ।
सिंहलाई हिरासतमा राख्न लागेको थाहा पाएपछि पूर्वराजा ज्ञानेन्द्र निकटका प्रभावशाली व्यक्तिहरूले राति नै छुटाउन प्रयास गरेका थिए । तर काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले 'कानुनअगाडि सबै समान हुन्छन्' भन्दै अडान लिएका थिए । शनिबार बिहानैदेखि विभिन्न क्षेत्रबाट व्यापक दबाब परेपछि प्रहरीले उनीहरूलाई छाडेको थियो । चार जनालाई भने शनिबार दिनभर हिरासतमा राखी अपराह्न छाडिएको थियो । रिहा गरिएका सबैलाई प्रहरीले 'आइन्दा यस्ता घटनामा संलग्न नहुने' कागज गरी छाडेको हो । सिंह प्लेटिनियम डिस्कोस“गैको रोयल क्यासिनोका मालिक हुन् ।
प्रहरीले सिंहसहित पक्राउ गरेका सबैलाई हनुमानढोकास्थित भुई तलाको हिरासतमा अन्य अभियुक्तहरूसँगै राखेको थियो । उनलाई हिरासतमा राख्नुअघि र छाड्ने क्रममा दुइ घन्टाभन्दा बढी समय हत्कडी लगाइएको थियो । सिंह रिहा हुने सूचना पाएपछि उनलाई लिन रोयल क्यासिनोका र केही आफन्तहरू शनिबार बिहान हनुमानढोका पुगेका थिए ।
पूर्वराजाका ज्वाई सिंहलाई शनिबार राति पक्राउ गरेर बिहान छाडेका औपचारिक सूचना प्रहरी मुख्यालयको अप्रेसन कक्षले माथिल्लो निकायमा बिहान सबैलाई फोन गरिदिएको थियो । घटनाबारे थाहा पाएपछि मुख्यालयकै केही अधिकृतहरूले उनलाई सामान्य घटनाक्रममै थुनेकामा आपत्ति जनाएका थिए ।
सिंह केही समययता माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन मधेसी सांसदहरूलाई फकाउन लागेको खबर सञ्चार माध्यमहरूबाट र्सार्वजनिक भएको थियो । उनी हालै सविधानसभामा दुइ सभासद रहेको जनता दलमा प्रवेश गरेका छन् ।
>


Subscribe to:
Posts (Atom)