id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Saturday, August 7, 2010

रातभरि थुनिए राजबहादुर

काठमाडौ, श्रावण २२ - पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंहलाई काठमाडौं प्रहरीले शुक्रबार रातभर हिरासतमा राखी रिहा गरेको छ । सिंह ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाका श्रीमान् हुन् । दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रहेको प्लेटिनियम डिस्कोबाट मध्यराति एक बजे सिंहलाई प्रहरीले पक्राउ गरी शनिबार बिहान ८ बजे छाडेको हो । हनुमानढोकाबाट चेकिङमा निस्किएको प्रहरी निरीक्षक हरिबहादुर बडुवालको नेतत्वको टोलीले मादक पदार्थ सेवन गरी होहल्ला गरको अभियोगमा सिंहलाई पक्राउ गरेको हो । डिस्कोभित्र सिंहसंगै नाचगान र मादक पदार्थ सेवन गरिरहेका ६ युवती र १४ युवक पनि पक्राउ परेका थिए । प्रहरीले हिरासतमा राख्नुअघि सिंह र उनीस“गै पक्राउ गरेका सबैलाई मादक पदार्थ सेवन गरेको यकिन गर्न अस्पतालमा लगी चिकित्सकीय परीक्षणसमेत गरेको थियो । प्रहरीले काठमाडौंभित्र सामान्य रेस्टुरेन्टहरू ९ बजे, Purvraja ka Jwain डान्स र डिस्कोहरू १२ बजेभित्र बन्द गरिसक्नुपर्ने गरी समय तोकेको छ । पटक-पटक सम्झाउँदा पनि तोकिएको समयमा डिस्को बन्द नगरेपछि हनुमानढोका, नगर प्रहरी र दरबारमार्गको तीनवटा भ्यान एकसाथ लगेर पचासौं प्रहरीले डिस्को सञ्चालकसहित सबैलाई पक्राउ गरेका थिए । काठमाडांै परिसरस्थित एक प्रहरी निरीक्षकका अनुसार सिंहसहित पक्राउ परेकाहरूमा इन्द्रध्वज कार्की, अमिर महर्जन, वासुदेव भट्ट, सन्तोष रायमाझी, महोम्मद नमजित, विजय श्रेष्ठ, गौतम सिंह, मनोहर कोइराला, रत्न लामा, सञ्जय रायमाझी, र्सर्ूय गुरुङ र जयबहादुर गुरुङ छन् । त्यस्तै, लीला लामा, छेला लामा, लेनिना दंगाल, खुमबहादुर गुरुङ र सुस्मिता ढकाल पनि पक्राउ परेका थिए । सिंहलाई हिरासतमा राख्न लागेको थाहा पाएपछि पूर्वराजा ज्ञानेन्द्र निकटका प्रभावशाली व्यक्तिहरूले राति नै छुटाउन प्रयास गरेका थिए । तर काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले 'कानुनअगाडि सबै समान हुन्छन्' भन्दै अडान लिएका थिए । शनिबार बिहानैदेखि विभिन्न क्षेत्रबाट व्यापक दबाब परेपछि प्रहरीले उनीहरूलाई छाडेको थियो । चार जनालाई भने शनिबार दिनभर हिरासतमा राखी अपराह्न छाडिएको थियो । रिहा गरिएका सबैलाई प्रहरीले 'आइन्दा यस्ता घटनामा संलग्न नहुने' कागज गरी छाडेको हो । सिंह प्लेटिनियम डिस्कोस“गैको रोयल क्यासिनोका मालिक हुन् । प्रहरीले सिंहसहित पक्राउ गरेका सबैलाई हनुमानढोकास्थित भुई तलाको हिरासतमा अन्य अभियुक्तहरूसँगै राखेको थियो । उनलाई हिरासतमा राख्नुअघि र छाड्ने क्रममा दुइ घन्टाभन्दा बढी समय हत्कडी लगाइएको थियो । सिंह रिहा हुने सूचना पाएपछि उनलाई लिन रोयल क्यासिनोका र केही आफन्तहरू शनिबार बिहान हनुमानढोका पुगेका थिए । पूर्वराजाका ज्वाई सिंहलाई शनिबार राति पक्राउ गरेर बिहान छाडेका औपचारिक सूचना प्रहरी मुख्यालयको अप्रेसन कक्षले माथिल्लो निकायमा बिहान सबैलाई फोन गरिदिएको थियो । घटनाबारे थाहा पाएपछि मुख्यालयकै केही अधिकृतहरूले उनलाई सामान्य घटनाक्रममै थुनेकामा आपत्ति जनाएका थिए । सिंह केही समययता माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन मधेसी सांसदहरूलाई फकाउन लागेको खबर सञ्चार माध्यमहरूबाट र्सार्वजनिक भएको थियो । उनी हालै सविधानसभामा दुइ सभासद रहेको जनता दलमा प्रवेश गरेका छन् ।

>

Comments :

0 comments to “रातभरि थुनिए राजबहादुर”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!